बालप्रेमको कथामा कागजको फूल

काठमाडौं । कलाकार काजी राना अभिनित गीति फिल्म ‘कागजको फूल’को टेलर सार्वजनिक भएको छ । यसको रिलिज आगामी शनिबार हुनेछ ।
युवा पुस्तालाई लक्षित गरी तयार गरिएको सांगीतिक सामग्रीमा पुरानो पुस्ताको कथा र माया पिरतिको परिदृश्य बुनिएको छ ।

पूर्व पाँचथरको फालेलुङ गाउँपालिकाको प्राङबुङमा पाँच दिन लगाएर सुटिङ गरिएको यो गीति फिल्ममा काठमाडौंबाट गएका दुई कलाकार काजी राना र विमला लिम्बूबाहेक स्थानीय कलाकारको अभिनय छ ।

ग्रामिण बस्ती र गाउँको झल्को दिन सबै गाउँलेलाई कलाकारका रुपमा प्रस्तुत गर्दा २० जनाले १३ मिनेटको भिडियोमा अभिनय गरेका छन् ।
गीतमा शब्द, संगीत र स्वर रेज लिम्बूको छ ।

युवा पुस्तालाई लक्षित गरी तयार पारिएको गीतमा परिदृश्य पुरानो नेपालको छ । लोक जनराबाट सुरु हुने गीत समापन सम्म पुग्दा पप जनरामा पुग्छ । तर दर्शकले हेर्दा गीतको जनरा परिवर्तन भएको थाहा नपाइ कथाले मागेको भागको रुपमा लिने विश्वास अभिनेता रानाको छ ।

रानाले भने, ‘हामीले युवा पुस्ताको रोजाइलाई संगीतमा प्रस्तुत गरेका छौँ । परिदृश्य डिजिटल नेपालभन्दा अघिको छ । जहाँ बिजुली बत्ती नहुँदा, मानिस बाहेक कुनै सञ्चारमाध्यम नहुँदाको समाजलाई देखाउँन खोजिएको छ।’

अधुरो बालप्रेमको कथा सांगीतिक रुपमा बुनिएको छ । रानाले समग्र भिडियो कथालाई सारांशमा भने, ‘यो भिडियो अधुरो बाल प्रेम भन्दा पनि हुन्छ । सानैमा गाउँ छाडेर गएको बालक २० वर्षपछि आउँदा बाल प्रेम पुन: अंकुरण हुन्छ । तर फेरि उसले छाडेर जान्छ । यो नै कथाको सार हो ।’

प्रेमिल वियोगान्तको कथाले एक पटक दर्शकको मन जित्ने अपेक्षा रानाको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *