चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित
काठमाडौं । नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदयकुमार इङनाम (सुब्बा) निर्वाचित भएका छन् । सुब्बाले सुनिलकुमार थापालाई पराजित गर्दै संघको नेतृत्वमा पुगेका हुन् ।
संघको महासचिव खगेन्द्रप्रसाद लामिछाने निर्वाचित भएका छन् । लामिछानेले किरण नेपालीलाई पराजित गर्दै संघको महासचिव बने ।
संघको सचिवमा भने युवराज गिरी विजयी भएका छन् । गिरीले कृष्णप्रसाद पोखरेललाई पराजित गरेका हुन् ।
संघको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य निर्विरोध निर्वाचित भएका थिए ।
उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चयन भए। कोषाध्यक्ष पदमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए।
यस्तै, ९ सदस्यका लागि ७ जनाले मात्र उम्मेदवारी दिएपछि सबैजना स्वतः निर्विरोध बने। निर्विरोध सदस्यमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन्।


Facebook Comment