परानको कमाई तीन करोड ७१ लाख, हलमा टिकट पाउन मुस्किल
काठमाडौं । यतिबेला नेपाली फिल्म नगरी तातिएको छ । नयाँ फिल्म हलमा छन्, ती फिल्मको कमाई पनि उत्साहजनक रहेको भन्दै निर्माताले खुसी व्यक्त गरेका छन् ।
बक्स अफिसमा पनि जारी फिल्महरूको कमाई राम्रो देखिन्छ । हल लागेको पहिलो दिन झण्डै ६ लाख रुपैयाँ कमाएको फिल्म परान अहिले सबैको रोजाइको बनेको छ । फिल्म हेर्नेले हेर्न जाँन बाँकीलाई पनि सिफारिस गर्न थालेपछि अहिले हलमा टिकट पाउन मुस्किल नै जस्तो देखिएको छ ।
परानले हलहरूमा सोहरू पनि राम्रै पाएको छ । फिल्म निर्मातामध्येका एक रञ्जित आचार्यले भने, ‘पहिलो दिन ६ लाख कमाएको परानको अहिलेसम्मको कमाई तीन करोड ७१ लाख आम्दानी गरेको छ । सुरुवात राम्रो गरे पनि आइतबार, सोमबार तथा मंगलबार मौसमलगायतका कारणले केही कम दर्शक पायौँ । अहिले उत्साहजक देखिएको छ ।’ फिल्मले अहिलेसम्म ७१ लाख ३६ हजार ५५३ रुपैयाँ कमाई भएको बक्स अफिस रिपोर्टले देखाएको उनले बताए ।
बक्स अफिसले सार्वजनिक गरेको कार्तिक २२ गते शनिबार बेलुका ११:५९ बजेसम्मको तथ्यांक अनुसार चलचित्र जेरी अन टपले तीन लाख ७५ हजार ८१ टिकट बेच्दै ग्रस ११ करोड ७१ लाख ४१ हजार ४९८ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै परानले एक लाख २८ हजार ६७९ टिकटबाट तीन करोड ७१ लाख ३६ हजार ५५३ रुपैयाँ आम्दानी गरेको छ । बरिष्ठ बलरामले ८५ हजार ३५६ टिकटबाट दुई करवड ५६ लाख ५७ हजार ९२९ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै फिल्म मैजारोले ३५ हजार १७६ टिकेट बेच्दै एक करोड चार लाख २९ हजार २२८ रुपैयाँ आम्दानी गरेको छ ।
अर्को चलचित्र सोल्टिनीले ८ हजार ९४५ टिकटबाट २९ लाख पाँच हजार ९५६ रुपैयाँ आम्दानी गरेको छ।


Facebook Comment