तीनकुने घटनामा संलग्न थप एक पक्राउ

काठमाडौं— काठमाडौंको तीनकुने क्षेत्रमा चैत १५ गते आगजनी तथा तोडफोड गर्ने थप एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नुवाकोटको लिखु गाउँपालिका ३ घर भई हाल काठमाडौं महानगरपालिका ७ बस्ने ७२ वर्षका खेमराज सेढाईलाई पक्राउ गरेको हो।

अझै केही व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजि भइरहेको प्रहरीले जानकारी दिएको छ। तीनकुने घटनामा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र उक्त प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहित ८५ जनाभन्दा बढी हिरासतमा छन्। उनीहरुलाई थुनामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

२५ जनालाई राज्यविरुद्धको कसुरसहितका मुद्दामा र बाँकीलाई आपराधिक उपद्रवमा अनुसन्धान गरिरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *