मतदातासँग सम्पर्क बढाउन एमालेका कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका ५ का नेतालाई जनताका घरघरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएका छन् ।

झापाको क्षेत्र नं ५ को क्षेत्रीय समन्वय कमिटीको आजको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सम्पूर्ण पार्टीपंक्ती जनताको घरघरमा पुग्नु र मतदातालाई एमालेलाई मत दिनलाई विश्वस्त तुल्याउन पर्ने बताए ।

अध्यक्ष ओलीले यस क्षेत्रमा एमालेको नेतृत्वमा भएका विकास निर्माणका काम नै निर्वाचन जित्न पर्याप्त भएको बताए ।

केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पालिका तहका नेताहरु सहभागी सो बैठकमा योजना बनाएर प्रचारका काम गर्न र विपक्षीले छरेका भ्रम तोड्न पनि निर्देशन दिए। उनले दृढताकासाथ निर्वाचन प्रचारमा लाग्न पनि निर्देशन दिए।

‘यस क्षेत्रमा म पहिलो पटक निर्वाचन लड्न आउँदाको स्थिति के थियो ? अहिले कस्तो छ ? त्यती बेला धुलाम्मे सडक मात्र थिए । पिच हेर्न राजमार्ग जानुपथ्र्यो’ अध्यक्ष ओलीले भने, ‘अहिले गाउँ टोलसम्म नै पिच सडक पुगेको तपाईंहरुले देख्नुभएको छ । यो एमालेको नेतृत्वले गरेको हो । जनताले यो कुरा बुझेका छन् । तर एक पटक स्मरण गराउनु पर्दछ । ’

अध्यक्ष ओलीले देशलाई नै सखाप पार्ने उद्धेश्यले भदौ २३ र २४ गतेको घटना गराइएको दाबी गरे । नवयुवाहरुले सुरु गरेको आन्दोलन र उठाएका मागहरु नाजायज नभए पनि त्यसपछिको घुसपैठले देश नै तहसनहस भएको उनको भनाइ छ । ‘ति घटनाहरु देखाएर एमालेलाई दोषी करार गर्न खोजिदैछ’ अध्यक्ष ओलीले भने ‘यस्ता आधारहिन कुराको प्रतिवाद गर्नुपर्दछ । यसका लागि सम्पुर्ण पार्टीपंक्तीलाई जनताका घरघमा पुर्याउ । हरेक मतदातासँग सम्पर्क बढाउँ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *