सगरमाथा संवादमा साइडलाइन भेटवार्ता हुने
काठमाडौं— परराष्ट्र मन्त्रालयले सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ। मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै संवाद व्यवस्थापन समितिको संयोजक समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जेठ २ गतेदेखि सुरू हुने सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएकी हुन्।
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ । परराष्ट्रमन्त्री राणाका अनुसार १० वटा प्रि संवाद कार्यक्रमलगायतको तयारी पूरा भइसकेको छ। तीन दिनसम्म सञ्चालन हुने यस संवाद विभिन्न सेसनमा चल्नेछ। काठमाडौँको होटल सोल्टीमा हुने संवादलाई सफल बनाउन अन्तर्राष्ट्रिय मापदण्डअनुसार सबै तयारी गरिएको उनले बताइन्।
संवादमा झण्डै ४० देशका १५० बढी विदेशी पाहुनाको सहभागिता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जसमा १२ देशबाट उच्च तहबाट प्रतिनिधिमण्डलहरू सहभागी हुनेछन्। संवाद आयोजनाका लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा. राणाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय,परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।
संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक उच्चस्तरीय प्लेनरी छलफल हुने,विभिन्न विषयमा १२ वटा समानान्तर सत्र तथा केही साइड इभेन्टहरू पनि हुने तालिका रहेको छ।
संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय पाहुनाहरूले प्रधानमन्त्रीसँग शिष्टाचार भेटघाटलगायत समकक्षी मन्त्रीज्यूसँग साइडलाइन भेटवार्ताको व्यवस्था पनि मिलाइएको छ। संवादमा सहभागी उच्चस्तरीय प्रतिनिधिमण्डलहरू एकअर्काबीच भेटघाट गर्न चाहेमा त्यसको पनि व्यवस्था मिलाइएको छ।
Opening session: आमन्त्रित विशिष्ट विदेशी र स्वदेशी पाहुनाहरू सहभागी हुने यो संवादको मुख्य औपचारिक कार्यक्रम हो। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत मन्तव्य दिने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा संवाद सम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिनेछ।
चीन र भारतका तर्फबाट प्रतिनिधिमण्डलहरूको नेतृत्व गरेर आउने विशिष्ट पाहुनाहरू र COP29 का अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाएको भिडियो सन्देश पनि प्रस्तुत गरिने छ।
Plenary Session: अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूप (International conference format) मा आयोजना गरिने यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो सत्र राखिएको हो। संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यस सत्रमा बोल्ने अवसर हुनेछ। हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ। प्रत्येक प्रतिनिधिमण्डललाई पाँच मिनटको बोल्ने समय प्राप्त हुनेछ।
Parallel Sessions: यस पहिलो संस्करणको थिममा केन्द्रित रही Limiting temperature rise below 1.5 degree Celsius; Sustaining Mountain Economy; From Highlights to Islands; Loss and Damage; Gender and Intergenerational Equity लगायतका विभिन्न १२ वटा छुट्टाछुट्टै विषयहरूमा संवाद गर्ने कार्यक्रम छ। राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताहरूको गहन ढंगको छलफल एवं विचार आदानप्रदान र विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान र संभावनामा जोड दिइने कार्यक्रम रहेको छ। डेढ घण्टासम्म चल्ने प्रत्येक सेसनमा एकजना मोडरेटर, एकजना keynote speaker र चारजना panelists रहनेछन्।
Multistakeholder Roundtable under Global and Regional Partnership: यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूले भाग लिनेछन्। यस कार्यकमको मुख्य उद्देश्य क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु रहेको छ।
Closing Session: समापन सत्र संवादको तेस्रो वा अन्तिम दिन बिहान ११:४५ मा सुरू भई करिब एक घण्टासम्म चल्नेछ। यसमा सगरमाथा संवादको Outcome अनुमोदन गरे पश्चास संवादका सम्पूर्ण कार्यक्रमहरू अपरान्ह १ बजे सम्पन्न हुनेछन्।
Facebook Comment