मन्त्रिपरिषद र राज्यमन्त्रीको शपथ स्थगित
काठमाडौं– आजलाई तय भएको नेपाल सरकार मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । शुक्रबार बिहान १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
साथै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम समेत स्थगित भएको छ ।
बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम थियो ।
Facebook Comment