सुरक्षा परिषद्‌को बैठक सिंहदरबारमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सुरक्षा परिषद्को बैठक सुरु भएको छ । सिंहदरवारमा सुरक्षा परिषद्को बैठक जारी रहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी छन्।

भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला नेपालले लिनुपर्ने आगामी रणनीतिका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *