प्रियंकाको यस्तो दिन पनि आएछ !



कुनै समय नेपालको नम्बर १ नायिकाको पगरी भिरेकी थिइन् नायिका प्रियंका कार्कीले । एक पछि अर्को फिल्मको ताँती थियो उनको । मल्टिस्टारर फिल्म मै काम गरेर पनि उनको चर्चा चुलिएको थियो । उनले नेपाली फिल्म क्षेत्रमा सोलो हिट फिल्म त दिन सकेकी थिइनन् तर उनको करियर उकालो लागिरहेकै थियो । तर, अहिले समयले कोल्टे फेरेको छ । प्रियंकाको हातमा फिल्म छैनन् ।

उनी पछिल्लो समय जन-जागरणका लागि निर्माण गरिने सर्ट फिल्महरुमा ब्यस्त छिन् । हाल आफैँले निर्माण तथा निर्देशन गरेको वेभ सिरिज ‘Just Another Love Story’ मा समेत उनको समय व्यतित हुने गरेको छ । त्यसका अलावा उनी म्युजिक भिडियो अभिनयमा समेत ब्यस्त हुने गरेकी छिन् । कुनै समय उनको हातमा म्युजीक भिडियोको लामो लस्कर हुने गर्थ्यो । पछिल्लो समय त्यसमा पनि कमि आएको देख्न सकिन्छ ।

पहिले हातमा कामको लामालस्कर हुँदा आफुले अभिनय गरेको भिडियो समेत सेयर नगर्ने प्रियंकाको यस्ता दिन पनि आएछन् कि उनले पछिल्लो समय म्युजीक भिडियोको पोस्टर समेत सेयर गर्न थालेकी छिन् ।

इन्ट्रो नेपालका भिडियोहरु हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal