फ्राइडे रिलिज : साम्राज्ञी र अंकितको ‘रातो टिका निधारमा’



असोज १० गते शुक्रवारबाट अशोक शर्मा निर्देशित फिल्म ‘रातो टिका निधारमा’ प्रदर्शनमा आएको छ । वैदेशिक रोजगारले गाउँमा भएको समस्यालाई प्रस्तुत गरिएको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु नायक अंकित शर्मा मुख्य भूमिकामा छन् । फिल्ममा साम्राज्ञी र अंकितका अलावा बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौडेल, निता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयनन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

ए.ए. ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्मलाई किरण शर्मा र कृति शर्माले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा पुरुषोत्तम प्रधानले छायांकन, बसन्त श्रेष्ठको कोरियोग्राफी र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal