फरिया सेन्टरको आयोजनामा ‘मिस नेपाल कर्भी’ हुने



फरिया सेन्टर प्रालीले काठमाडौँमा ‘मिस नेपाल कर्भी’ आयोजना गर्ने भएको छ । नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस सौन्दर्य प्रतियोगिता अन्य प्रतियोगिता भन्दा फरक किसिमको हुने फरिया सेन्टरले बताएको छ ।

शरीर चट्ट मिलेको जिउडाल राम्रो भएका युवतीले मात्र सौन्दर्य प्रतियोगितामा भाग लिनु पर्ने भन्ने मान्यतालाई यस सौन्दर्य प्रतियोगिताले तोड्दै सबै किसिमका रुप रंग भएकाहरुले पनि भाग लिन सक्ने आयोजकको भनाई छ । संसारमा महिलाहरुको क्षमताको कुरा गर्दै खालि बाहिरी सौन्दर्य प्रतियोगिता मात्र हुने भएकाले भित्रि प्रतिभा र क्षमतालाई नै बृद्दि गराई महिलाहरुमा हौसला प्रदान गर्ने यो प्रतियोगिताको लक्ष्य रहेको छ । उमेर ढल्दैमा र शरीर मोटो हुदैमा कोही महिला पनि प्रतिभा बिहीन र कम्जोर हुन्छन भन्ने हुदैन । त्यसैले अब सबै महिला उद्यमशिल र सामाजिक बन्नु पर्दछ भन्ने हेतुले यो प्रतियोगिता संचालन गर्न लागेको आयोजकले बताएको छ ।

प्रतियोगिताको लागि काठमाडौँ लगायत विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेका ३० जना महिलाहरुलाई क्लोज क्याम्पमा राखेर १५ दिने पूर्णकालीन तालिम प्रदान गरिने छ । आगामि भदौ १२ गते ठमेलको छायाँ सेन्टरमा ग्रान्ड फिनाले गरिनेछ । बिजेता लगायत अन्य प्रतिस्पर्धीहरु देशका विभिन्न ठाउहरुमा पनि भाग लिई उद्यमशीलता र सामाजिक तालिमहरु प्रदान गर्नेछन । यस वर्षदेखि सुरु गरिएको यो सौन्दर्य प्रतियोगिता आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताइएको छ । यस कार्यक्रमा पश्चात सात वटा प्रदेशका सात वटा शहरका बिद्यालयमा गयर सेनीटरी न्याप्किनको बारेमा जानकारी दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal