नेपाललाई एसिसी मेन्स यू–१६ इस्ट जोन उपाधि

काठमाडौं । नेपालले सिंगापुरलाई पराजित गरी ‍एसिसी मेन्स यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ। मलेसियाको युकेएम वाइएसडी ओभलमा पहिले बलिङ गरेको नेपालले सिंगापुरलाई ४०.५ ओभरमा अल आउट गर्दै ११३ रनमा समेटेको थियो। उक्त लक्ष्यलाई नेपालले २९ ओभरमै भेटाई उपाधि जितेको हो।

नेपालले ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो। नेपालले सिंगापुरलाई दुई विकेटले पराजित गरेको हो। नेपालका लागि जोय थापाले नटआउट २४, शिवान्स बजगाईंले २०, शुभम खनालले १८, प्रशिद्ध जैसीले १७, परिमार्जन यादवले १३ र अभय यादवले १० रन बनाए।

नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले तीनरतीन विकेट लिएका थिए। शुभम खनालले २ र विपिन प्रसाद शर्माले एक विकेट लिए।

सिंगापुरका लागि ओपनर रोहन अस्टिन अरूणले बनाएको २३ रन सर्वाधिक रह्यो। उनले ८४ बल खेलेर २ चौका मात्रै हाने। कप्तान रियान नाइकले ११ बलमा १५ रन बनाए । आकाश तेजाले १० रन बनाउँदा वेदांश गुप्ता १२ रन बनाएर नट आउट रहे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *