कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न विशेष संसदीय समिति गठन
काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न विशेष संसदीय समिति बन्ने भएको छ ।
सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए । समितिमा ७ सदस्य रहनेछन् ।
जसमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २–२, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १–१ जना सदस्य रहनेछन् । समितिमा रहने सदस्यहरुको नामावली सोमबार सार्वजनिक गरिने बर्तौलाले बताए ।
Facebook Comment