प्रहरी विधेयक असारभित्रै संसदमा पेश गरौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन्।

‘समितिमा आजबाट नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरेका छौं,’ उहाँले भने,’७० सालपछि प्रहरी कानुन बनाउँदैछौं । यो मेरो र गृहमन्त्रालयको प्राथमिकताको विषय हो । विधेयक टुंगो लगाउन जति समय छलफलका लागि भन्नु हुन्छ हामी तयार छौं ।’

उनले सशस्त्र प्रहरी बलको विधेयक पनि महत्वपूर्ण नै रहेको बताउँदै सो विधेयक पनि टुंगो लगाउन समिति समक्ष आग्रह गरे। गृहअन्तरगतका अरु पनि विधयेकहरू पाइपलाइनमा छन्,’मन्त्री लेखकले भने,’यी विषयमा समितिका माननीयहरूले दिनुभएको प्राथमिकताका लागि धन्यवाद दिन चाहन्छु ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *