सरकारी संरचना तोडफोड गराउने योजनाकारलाई भोट नहाल्न देवेन्द्र दाहालको अपिल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर एवं एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले डेढ खर्ब भन्दा बढीको क्षती हुने गरी व्यक्तिगत र सरकारी भौतिक संरचना तोडफोड गराउने अदृश्य योजनाकारलाई भोट हाल्न नहुने बताउनुभएको छ ।
एमाले मनकामना टोल कमिटी दमक ८ले आज आयोजना गरेको टोल भेलालाई सम्वोधन गर्दै पार्टी केन्द्रीय दाहालले गत भदौं २३र२४ गते जेनजी तोडफोड गर्न बन्द कोठामा बसेर उक्साउने बालेन शाहलाई भोट दिन नहुने बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रको विकासका लागि गरेको योगदान अतुलनीय रहेको बताए । उनले ओलीको भूमिका स्थानीय विकास मात्र नभइ राष्ट्र,राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षणका लागि महत्वपूर्ण रहेको बताए ।
पार्टीको मनकामना टोल कमिटी अध्यक्ष पोष्टनाथ निरौलाको अध्यक्षतामा भएको टोल भेलामा मुलुकलाई ध्वस्त पार्ने,राजनीतिक दर्शन केही नभएको उम्मेद्धवारवाट मुलुकको बिकास सम्भव नहुने नेता दाहालले बताए ।
टोल भेलामा सहभागी अगुवा कार्यकर्ता,शुभेच्छुक र शुभचिन्तकले राखेको प्रश्नको जवाफ दिदै नेता दाहालले सूर्य चिन्हमा मतदान गरी एमालेलाई नजिताए सम्म देश,क्षेत्र वडा र टोलको विकास अधुरो रहने बताए । भेलामा सहभागी चन्द्रकला मिश्रले दमक८मा धनीपुर्जा वितरणको काम किन भएन भन्ने प्रश्नको जवाफ दिदै एमाले र काग्रेस सरकारमा रहेर धनीपुर्जा वितरणको तयारी गरीरहेको बेला जेनजी आन्दोलनपछि बनेको सुशिला कार्की नेतृत्वको सरकारले आयोग खारेज गरेका कारण समयमा काम हुन नसकेको बताए । सर्वोच्च अदालतले आयोग पुनस्र्थापना गरेपछि आयोगको काम पुन अघि बढेको बताए । अहिले आयोगलाई काम गर्न कर्मचारी नपठाएर सरकार नै वाधक रहेको पार्टीका केन्द्रीय सदस्य झापा क्षेत्र न ५को निर्वाचन परिचालन समितिको संयोजक दाहालले प्रष्ट पारे ।
अध्यक्ष ओली उम्मेद्वार भएको झापा ५ मा एमालेले २९ वटै वडामा वडा र टोल कमिटी गठन गरेर निर्वाचनको प्रचार प्रसार व्यापक बनाइरहेको छ ।


Facebook Comment