देशका विरुद्ध हुने कुनै पनि समर्पण स्वीकार्य छैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका विरुद्ध हुने कुनै पनि समर्पण अस्विकार्य हुने बताएका छन् ।
आगामी निर्वाचनमा घोषणा पत्र तयारीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा विज्ञहरुसँग सुझाव लिने क्रममा अध्यक्ष ओलीले राष्ट्रियता,सार्वभौमिकता,राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समपर्णबाट हुन नसक्ने भन्दै त्यसको प्रतिरोध,प्रतिवाद र प्रतिरक्षा हुने बताए ।

अध्यक्ष ओलीले सरकारले हालसम्म पनि निर्वाचनको वातावरण बनाउन नसकेको बताए । उनले भने, ‘पार्टीले हाल राज्यले गरेका गतिविधि नजिकबाट नियाली रहेको छ ।सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष,स्वतन्त्र र धाँधली रहित ढंगले गर्ने वातावरण बनाउन सकेको छैन ।’

अध्यक्ष ओलीले २०७२ को भूकम्पपछि एमालेले पुननिर्माणको नेतृत्व गरेको स्मरण गराउँदै सुदृढ र तल्लो निकायसम्म संगठन भएकोले भदौको विध्वंसपछिको निर्माण पनि एमालेले गर्ने बताए ।

अध्यक्ष ओलीलाई उधृत गर्दै प्रचार तथा प्रकाशन संयोजक मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमाले सुदृढ संगठन,व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीका रुपमा स्थापित रहेको छ । भूकम्पले पुर्याएको क्षतिको पुननिर्माण उदाहरणीय रुपमा सफल पारेको एमालले।’

‘गत भदौको विध्वसंले राष्ट्रियता,लोकतन्त्र र संविधानमा पुर्याएको क्षतिको पुननिर्माण ’क्षतिको पुननिर्माण,राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ प्रदान गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *