फागुन २१ को निर्वाचन: भारत सरकारबाट नेपाललाई सवारी सहयोग
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ । माघ ६ गते सिंहदरबास्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले नेपाल सरकारलाई क्याबिन पिक भ्यान हस्तान्तरण गरेको हो । अहिले यी गाडीहरू सिंहदरबारस्थित गृहमन्त्रालय अगाडि राखिएको छ ।
गृह मन्त्रालयले अर्थ मन्त्रालय मार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो । उक्त प्रस्तावअन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो ।

यसपटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ । गाडीहरू नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न पाउने छ ।
भारत सरकारले निर्वाचन सम्पन्न गर्नको लागि नेपाल सरकारलाई सवारी लगायतका निर्वाचन उपकरण सहयोग गर्दै आइरहेको छ ।


Facebook Comment