प्रतिनिधिसभा निर्वाचन: महावीर पुनलाई ‘त्रिभुज’ चुनाव चिह्न

काठमाडौं । म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् ।

उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उक्त चुनाव चिह्न रोजेका हुन् ।
आयोगले कुनै–कुनै चिह्न प्रयोग गर्न नमिल्ने भनेर त्यस्तो सूचीको रुपमा सूचीबद्ध गरेको छ । निर्वाचन आयोगले प्रयोग गर्न मिल्ने भनेर उपलब्ध गराएको चिह्नमा रोज्न सकिनेछ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ३८७ जनाको उम्मेदवारी परेको छ । यसमध्ये एक तिहाइ स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी दलीय उम्मेदवार छन् ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारी दिनेको संख्या १ हजार १८८ रहेको छ । यो कूल उम्मेदवारको ३४.०६९ प्रतिशत हो । बाँकी २ हजार २९९ जना दलगत उम्मेदवार छन् ।

उम्मेदवारको यही ६ माघमा भएको हो । आज चुनाव चिह्न वितरणको कार्यतालिका छ । दलीय उम्मेदवारको भने दलकै चुनाव चिह्न हुन्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *