विशेष महाधिवेशनले पार्टी विभाजन र निर्वाचनमा असर नगर्ने आचार्यको विश्वास

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले नेपाली कांग्रेसले विशेष महाधिवेशन बोलाएपछि गलत भाष्य स्थापित गर्न खोजेको भन्दै महाधिवेशनले पार्टी पनि नफुट्ने र चुनावमा पनि असर नगर्ने दाबी गरेका छन् ।

आइतबार काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै आचार्यले यस्तो दाबी गरेका हुन् । विशेष महाधिवेशन नेपाली कांग्रेसका प्रतिनिधिहरूको सार्वभौम अधिकार भएको भन्दै उनले उपस्थित जनसागरकै कारण पार्टी थप एकताबद्ध हुने बताए ।

‘पार्टी विभाजित हुन्छ रे, निर्वाचनमा असर गर्छ भन्ने कुरा गलत हो । यो जनसागरले प्रमाणित गरेको छ । कांग्रेस कसैले फोडेर फोडिँदैन’, आचार्यको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *