नेपाल, बंगलादेशमा लोकप्रिय बन्दै ‘कारोबार एप’, प्रयोगकर्ता पाँच लाख नाघे

काठमाडौं । नेपालका साना तथा मझौला व्यवसायी लक्षित ‘कारोबार एप’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । छोटो समय मै यो एपका प्रयोगकर्ता पाँच लाख नाघेका छन् ।

पारिवारिक किराना पसलमा उधारो खाता व्यवस्थापन गर्न यो सहयोगी भएको छ । किराना पसल, होटल, फार्मेसी, मोबाइल पसल लगायतका व्यवसायलाई लक्षित गरेर तयार गरिएको यो एपले उधारो खाता, बिक्री–खर्च विवरण, कस्टम इनभ्वाइस, विस्तृत व्यवसाय रिपोर्ट, मल्टि-स्टाफ एक्सेस, स्टक/इन्भेन्ट्री व्यवस्थापन, ग्राहक तथा सप्लायर खाता, रिपोर्टिङ जस्ता सुविधा प्रदान गर्ने गरेको छ । नेपाली भाषामा प्रयोग गर्न सकिने र इन्टरनेट बिना पनि चल्ने सुविधाले ग्रामीण तथा साना व्यापारी लक्षित एप उपयोगी छ ।

समयसँगै एपमा थप सुविधाहरू समावेश गर्दै यसको दायरा विस्तार गरिएको छ। एपले व्यवसायीहरूको डिजिटल पार्टनरको रूपमा स्थापित गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

यो एपमा दैनिक आम्दानी र खर्चको विवरण राख्न सहज भएकाले धेरै प्रयोगकर्ताहरूले व्यक्तिगत वित्त व्यवस्थापनमा प्रयोग गरिरहेका छन्।

यसको प्रयोऊ बङ्गलादेशमा ‘Karbar App’ नामले उपलब्ध छ । जहाँ ५० हजारभन्दा बढी डाउनलोड भइसकेको छ। नेपालबाट सञ्चालन सुरु भएको एप अन्य देशमा पनि प्रयोग बढ्दा खुसी लागेको डेभलपर समीर फुयाँलले बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *