एमाले निर्वाचन : अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा पुन: निर्वाचित केपी शर्मा ओलीले शपथ लिँदैछन् ।

अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओली तेस्रो पटक पार्टीको अध्यक्षमा निर्वाचित भएका ओलीले पार्टी विधान अनुसार पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

शपथ अघि महाधिवेशन आयोजनास्थल भृकुटीमण्डपले अहिले ओलीसहित निर्वाचित पदाधिकारीलाई नेता, कार्यकर्ताले माला तथा खादा लगाएर बधाई दिइरहेका छन् ।

अध्यक्ष ओलीले शपथ ग्रहण गरेपछि उनले अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शपथ गराउनेछन् ।

केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ ।

दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर उत्रिएकोमा अधिकांश ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् ।

पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै विजयी भएका छन् । सचिवमा सबै ओलीकै प्यानलका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *