एमाले ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी, राति नै मतपरिणाम आउने
काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान जारी छ। समूहगत प्यानल बनाएर केपी शर्मा ओली र ईश्वर पोखरेलको प्यानल चुनावी मैदानमा उत्रिएको छ।
एमाले अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरेका हुन्। अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरूलाई मतदानका लागि पठाइएको छ। उनीहरुसँगै महासचिवमा उम्मेदवार शंकर पोखरेलले पनि मतदान गरेका थिए।
निर्वाचनमा आयोग स्रोतका अनुसार साढे ३ घण्टामा ३८० मतदान भएको छ। निर्वाचन आयोगले मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरेको छ। एक जना मतदातालाई २० मिनेटदेखि ३५ मिनेटसम्म समय लागेको छ।
एमालेको महाधिवेशनमा २,२६३ प्रतिनिधिहरू सहभागी छन्। निर्वाचनको मतपरिणाम आज राति नै आउनेछ।



Facebook Comment