देउवासँग गरेको छलफलको परिणाम केही दिनमा देखिन्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटको परिणाम केही दिनमा देखिने बताएका छन् ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष नेपाली कांग्रेसका सभापति देउवासँगको भेटमा देशको राजनीतिक अवस्था बारे छलफल भएको बताए । त्यसको परिणाम केही दिनमा आउने उनले दावी गरे । ओलीले भने, ‘बकाइदा छलफल भयो, अर्थपूर्ण छलफल भयो, त्यसको परिणाम भोलि आउँछ।’

ओलीले ओलीले अहिलेको सरकारको कुनै कानुनी हैसियत नभएको बताए । अहिलेको सरकार कसैले टपक्क टिपेर टाँसिदिएको सरकार भएको बताउँदै भने, ‘यो फेद न टुप्पोको सरकार हो।’

कसैले ल्याएर टाँसिदिएको सरकारको ताउर-माउर देख्दा आफू आश्चर्यमा परेको ओलीले बताए । उनले भने, ‘नागपञ्चमीतिर गोबर लगाएर नाग टाँसे जसरी कसले ल्याएर टाँसिदिएको सरकार हो, यहाँ नागको फोटो कसले टाँस्यो ? खोज्दै छु म।’

ओलीले सरकार र जेनजी बिच भएको सहमतिलाई कलाविहीन नाटकको संज्ञा दिनुभयो । त्यो कलाविहीन नाटकको पटाक्षेप कलाविहीन तरिकाले भएको उनले बताए ।

कसैले भोट नहालेको सरकारले व्यवस्थाको बारेमा सहमति गर्ने कुनै हैसियत नराख्ने ओलीले बताए । रिहर्सलमा सिकाएको पाठ केटाकेटीले गर्दै जाँदा बिगारेका ओलीले बताए । उनले भने, ‘त्यहाँ गरिएको सहमति त्यहीँ च्यातेर हिँडे त।’

हैसियत बिनाको व्यक्तिले विना प्रक्रिया अनधिकृत रुपमा सिफारिस गरी विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापित हुनु पर्ने उनको धारणा छ । अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुने उनले ठोकुवा गरे । अदालतलाई संविधानले अन्यथा फैसला गर्ने बाटो नै नदिएको ओलीको भनाइ छ ।

ओलीले नेकपा एमाले र कांग्रेस जनाधार भएका ऐतिहासिक पार्टी भएका बताउँदै अहिले केही क्षण सूर्यमा बादल लागेकाले एमाले–कांग्रेस बाहिर रहेको उनले बताए । फेरि पनि देश चलाउन कांग्रेस र एमाले एक भएका ओलीको दाबी छ ।

अहिले अपराध छल्न, महत्त्वाकाङ्क्षा पुरा गर्न राजनीतिमा लाग्ने लहर देखिएको बताउँदै ओलीले नेपाल जस्तो देशमा १ सय ४३ वटा पार्टी भद्दा मजाक भएको बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *