राजा दल जेनजीबीच नयाँ समझदारीको माग गर्दै राप्रपाको काठमाडौं प्रदर्शन
काठमाडौं । राजा, राजनीतिक दल र ‘जेनजी’बीच नयाँ राष्ट्रिय समझदारी निर्माण गर्न सरकारलाई दबाब दिने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
राप्रपाका नेता तथा कार्यकर्ताहरू जुलुससहित राजधानीको रत्नपार्क क्षेत्रमा भेला भएका हुन् । प्रदर्शनमा सहभागीहरूले राष्ट्रिय झण्डासँगै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए । कार्यक्रममा राजसंस्थाको भूमिकाबारे पुनर्विचार गर्नुपर्ने र वर्तमान राजनीतिक अवस्थाले नयाँ प्रकारको सहमति माग गरिरहेको नारा लगाइएको थियो ।
प्रदर्शन स्थलमा आयोजित सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । देशको विद्यमान राजनीतिक अन्योल अन्त्य गर्न सबै शक्तिबीच संवाद र सहकार्य अपरिहार्य रहेको राप्रपाको दाबी छ ।












Facebook Comment