मेयर बालेन्द्र शाह पितृशोकमा, बुवा रामनारायण शाहको सिभिल अस्पतालमा निधन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पितृशोकमा परेका छन्। उनका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

आइतबार बिहान स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि उनलाई बेहोस अवस्थामा अस्पताल लगिएको थियो। उपचारका क्रममा अवस्था झन् जटिल बन्दै गएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थिए। तर, चिकित्सकीय प्रयासका बाबजुद पनि उनको ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ।

परिवार, आत्मीयजन र मेयर शाहका निकट सहयोगीहरूले दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *