एमालेको पालिका स्तरीय जनपरिचालन भब्य बनाउन महासचिव पोखरेलका पाँच निर्देशन

काठमाडौं । प्रतिगामी षडयन्त्रका विरुद्ध नेकपा एमालेले आयोजना गरेको पालिका स्तरीय जनपरिचालन कार्यक्रमलाई भव्य बनाउनका लागि महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन जारी गर्नु भएको छ ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुलाई जनपरिचालनमा सहभागी हुने संख्याका आधारमा आवश्यकता आधारमा पार्टीको झण्डा,व्यानर र प्लेकार्ड तयार गर्न निर्देशन दिनुभएको छ । यसैगरी जनपरिचलनका लागि घना बस्ती भएको क्षेत्र छनौट गर्न उहाँको निर्देशन छ । घनावस्ती भएका ठाउँमा जनसंख्या धेरै हुने भएकोले जनपरिचालनमा सहभागी जुटाउन सहज हुने पोखरेलको भनाइ छ । यस्तै जनप्रर्दशनको अन्त्यमा छोटो तर प्रभावकारी कोणसभा गर्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभएको छ । जनप्रदर्शनका क्रममा

भिडियो,फोटोहरु सामाजिक सञ्जालमा ब्यापक मात्रामा शेयर गर्न र त्यस्ता सामग्रीहरु आम सञ्चार माध्यममा पठाउन पनि महासचिव पोखरेलले निर्देशन गर्नु भएको छ ।

एमालेको गत असोजक २९ देखि ३१ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्र विरुद्ध देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । जस अनुसार हिजो कातिक २२ गते सबै वडाहरुमा एमालेले भेला सम्पन्न गरेको छ ।

महासचिव पोखरेलले जनप्रर्दशनका लागि सातवटा नारा पनि सार्वजनिक गर्नुभएको छ । ति निम्न अनुसार छन् ।
प्रतिगामी षडयन्त्र — मुर्दावाद।
विघटित प्रतिनिधिसभा — पुनर्स्थापना गर।
२३ र २४ को अपराधिक घटनाको — निस्पक्ष छानविन गर।
तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई — कारबाही गर।
हत्या, हिंसा, आतंक — बन्द गर।
नेकपा(एमाले) — जिन्दावाद।
जनताको बहुदलीय जनवाद — जिन्दावाद।




Leave a Reply

Your email address will not be published. Required fields are marked *