चितवनमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते, ८ जनाको अवस्था गम्भीर
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा दुई यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन्।
गएराती राति करिब १ बजे रौतहटबाट काठमाडौँतर्फ गइरहेको प्रदेश–३–०३–००१ख ०१२३ नम्बरको यात्रुबाहक बस अगाडि रोकिएको ना६ख ८१३ नम्बरको ट्रकको पछाडिबाट ठोक्किएको र सोही बसको पछाडिबाट जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बा.प्र.०३–००१ख ३९०२ नम्बरको अर्को बस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दुर्घटनामा दुई बसका चालकसहित ३३ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था मध्यम र बाँकी २५ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई भरतपुरस्थित नयाँ मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेहरु मध्ये धनुषा, रौतहट, महोत्तरी, उदयपुर लगायत जिल्लाका यात्रुहरु रहेका छन्। बस र ट्रकमा सवार भारतका मोतिहारीका केही नागरिक पनि घाइते भएका छन्।
दुर्घटनामा बा.प्र.०३–००१ख ३९०२ नम्बरको बस चालक धनुषा सहिद नगरपालिका–४ का ४३ वर्षीय कृष्ण मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, इलाका प्रहरी कार्यालय टाँडी र गोन्द्राङ प्रहरी चौकीका टोली खटिएका थिए।
नयाँ मेडिकल कलेजमा उपचाररत मध्यम र सामान्य घाइतेहरू
१. उदयपुर त्रियुगा–१० का सार्थकबाबु क्षेत्री (२०), मध्यम
२. धनुषा जनकपुर–१७ का सदाकत मियाँ (३९), मध्यम
३. धनुषा जनकपुर–१७ का नरेन्द्र शाह (५२), सामान्य
४. रौतहट गौर–५ का मुकेश कुमार केसरी (४१), मध्यम
५. धनुषा जनकपुर–७ का समिर अन्सारी (१७), सामान्य
६. महोत्तरी पिपरा–१ की गीता देवी यादव (५०), सामान्य
७. रौतहट राजदेवी–१ का कृष्ण कुमार साह, मध्यम
८. धनुषा जनकपुर–१ का बसन्त झा (४६), सामान्य
९. धनुषा जनकपुर–४ का मुकेश लाल कर्ण (४९), सामान्य
१०. धनुषा जनकपुर–४ की अन्जु कर्ण (३४), सामान्य
११. धनुषा जनकपुर–४ का आरुष कर्ण, सामान्य
१२. महोत्तरी पिपरा–१ का राम क्षेत्री (३७), सामान्य
१३. रौतहट राजदेवी–१ का अनिकेत कुमार साह (२०), मध्यम
१४. रौतहट बृन्दावन–३ का आरभ मिश्र (११), मध्यम
१५. धनुषा लक्ष्मीनिया–४ की विधा चौधरी (१९), मध्यम
नेशनल सिटी अस्पतालमा उपचाररत घाइतेहरू
१. धनुषा जलेश्वर–५ का आदित्य कुमार सिंह (२०), सामान्य
२. धनुषा जलेश्वर–५ की रेखा सिंह (४३), सामान्य
३. धनुषा जलेश्वर–५ की अञ्जली सिंह (२१), सामान्य
४. भारत मोतिहारीका सुनिल प्रसाद (३२), सामान्य
५. भारत मोतिहारीकी सुभद्रा कुमारी चौधरी (२५), सामान्य
६. भारत मोतिहारीकी प्रिया जैशवाल (७), सामान्य
७. भारत मोतिहारीकी कृती जैशवाल (४), सामान्य
८. धनुषा जनकपुर–८ का आलोक कुमार राउत (२८), सामान्य
९. रौतहट राजदेवी–२ का मोनु कुमार महतो (२१), सामान्य
१०. रौतहट गौर–९ की गम्भिरादेवी ठाकुर (६६), सामान्य
११. रौतहट गरुडा–७ का विजय साह (५०), सामान्य
१२. रौतहट गरुडा–७ की उर्मिला कुमारी साह (४०), सामान्य
१३. रौतहट बृन्दावन–३ की सुनिता देवी मिश्र (६२), मध्यम
भरतपुर अस्पतालमा उपचाररत घाइतेहरू
१. रौतहट दुर्गावती–२ का राजकिशोर दास (३०), सामान्य
२. रौतहट दुर्गावती–२ का राजु दास (२५), सामान्य
३. भारत मोतिहारीका महमद साहेब (२२), सामान्य
४. रौतहट माधवनारायण–५ का रोशी कुमार साह (१९), सामान्य
५. धनुषा लक्ष्मीनिया–४ की दिव्या चौधरी (१९), मध्यम


 
 						 Intro Nepal
Intro Nepal										 
 										 
 										 
 										 
 										 
 										
Facebook Comment