सुर्खेतमा छोराको कुटपिटबाट आमाको मृत्यु, फरार छोरा पक्राउ

काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका १२ मसिनामा छोराले आमामाथि गरेको आक्रमणका कारण आमाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब सात बजे ३० वर्षका कबिराम बस्नेतले आफ्नी आमा ५० वर्षीया धनिकला बस्नेतमाथि फरूवाले प्रहार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुतिरहेकी आमालाई कबिरामले अकस्मात् फरूवाले आक्रमण गरेका थिए। गम्भीर घाइते भएकी धनिकलालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए।

घटनापछि फरार रहेका कबिरामलाई प्रहरीले खोजीकार्य बढाएर इलाका प्रहरी कार्यालय छिन्चुले छिन्चु बजारबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। स्थानीयहरूका अनुसार आमा छोराबीच विगत केही समयदेखि घरेलु विवाद भइरहेकाले यसले दुर्घटनाको रूप लिएको हुन सक्ने अनुमान गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *