नेपाथ्यको सांगीतिक यात्रा अब जापानमा
काठमाडौं । लोकप्रिय लोकरक ब्याण्ड ‘नेपथ्य’ले जापानमा सांगीतिक टूर गर्ने घोषणा गरेको छ । नोभेम्बरको दोस्रो सातादेखि सुरु हुने यो टूर महिनाको अन्तिमसम्म चल्नेछ ।
व्यवस्थापन संस्था नेपालयका अनुसार, ब्याण्डका सदस्यहरू आगामी नोभेम्बर ८ मा जापान उड्नेछन् । टूरअन्तर्गत १३ नोभेम्बर (नागोया), १८ नोभेम्बर (टोकियो) र २४ नोभेम्बर (ओसाका) मा नेपथ्यले सांगीतिक प्रस्तुति दिनेछ ।
जापान उड्नुअघि ब्याण्डले आफ्नै जन्मथलो पोखरामा एक विशेष कन्सर्ट गर्ने सम्भावना पनि रहेको बताइएको छ, यद्यपि त्यसबारे अन्तिम निर्णय भइसकेको छैन ।
हालै मात्र नेपथ्यले अमेरिका, अस्ट्रेलिया र युरोपमा सांगीतिक यात्रा सम्पन्न गरेको थियो । विदेशमा नेपाली समुदायबीच निकै लोकप्रिय नेपथ्यले पछिल्ला वर्षहरूमा निरन्तर अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको प्रचार गरिरहेको छ ।


Facebook Comment