सुनको मूल्यमा नयाँ कीर्तिमान आज प्रतितोला ७ हजार १ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । शुक्रबार एकैदिन प्रतितोला ७ हजार १ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

एक महिनामा ४३ हजारले बढ्यो मूल्य

विगत एक महिनादेखि सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ । भदौ ३० गते प्रतितोला २ लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुन अहिले ४३ हजार रुपैयाँले महँगिएको हो ।

महासंघका अनुसार, शुक्रबारको मूल्य हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव

सुनको मूल्य वृद्धिमा अन्तर्राष्ट्रिय बजारको उकालो मुख्य कारण रहेको छ । शुक्रबार विश्व बजारमा सुनको मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ । (१ औंस बराबर करिब २.४३ तोला हुन्छ।)

अर्थविश्लेषकहरूले अमेरिकी डलरको अवमूल्यन र मध्यपूर्वीय अस्थिरताका कारण लगानीकर्ताहरू सुनमा आकर्षित भएका बताउँछन् ।

चाँदी पनि महँगियो

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले बढ्दै ३ हजार ३५० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन चाँदीको मूल्य ३ हजार २७५ रुपैयाँ थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *