राजीव पहारीले भने- युवालाई ४० प्रतिशत स्थान दिइनुपर्छ, अहिले नेतृत्व परिवर्तनको बहस सान्दर्भिक छैन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले पार्टीका सबै संरचनामा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै पहारीले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकजुट रहनु अहिलेको आवश्यकता भएको बताए । उनले अहिलेको समयमा नेतृत्व परिवर्तनको बहस सान्दर्भिक नभएको टिप्पणी गरे ।

‘नेतृत्व परिवर्तन अहिलेको बहसको विषय हुनुहुँदैन,’ पहारीले भने, ‘विधिसम्मत प्रतिस्पर्धाको थलो पार्टी महाधिवेशन हो, जसको मिति प्रस्ताव भइसकेको छ । आन्तरिक समस्या समाधानको थलो पनि त्यही हो ।’

उनले गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ पछि राजनीतिक परिस्थितिमा आएको परिवर्तनलाई स्मरण गर्दै अबको नेतृत्वले युवापुस्तालाई विशेष प्राथमिकता दिनुपर्ने बताए ।

‘अध्यक्ष ओलीको नेतृत्वमा स्थिरता र संगठन सुदृढीकरणका लागि युवा पुस्तालाई कम्तीमा ४० प्रतिशत हिस्सा पार्टीका सबै कमिटीमा समेटिनुपर्छ,’ पहारीले जोड दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *