एमाले केन्द्रीय कमिटीमा ओलीको प्रस्तावमाथि छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक दोस्रो दिन पनि जारी छ। बिहान ८ बजे सुरु गर्ने भनिएको बैठक केही ढिलाइपछि ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको हो।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ।

एमालेका अनुसार पहिलो दिन (बुधबार) ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना विचार राखेका थिए। आज बाँकी सदस्यहरूले धारणा राख्ने क्रममा बैठक चलिरहेको छ।

बैठकमा करिब एक सय सदस्यले बोल्ने अनुमान गरिएको छ। एमाले नेताहरूका अनुसार, सबैले धारणा राख्न चाहेकाले बैठक शुक्रबार सकिने भनिए पनि अझै केही दिन लम्बिन सक्ने संकेत देखिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *