जेनजी आन्दोलन दमनमा संलग्नमाथि कारबाहीको मागसहित सर्वोच्चमा रिट
काठमाडौं । गत महिनाको जेनजी आन्दोलन दमनमा संलग्न व्यक्तिहरूमाथि फौजदारी अपराध अन्तर्गत अनुसन्धान गर्न आदेश जारी गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।
सिन्धुपाल्चोकका युवराज पौडेलले दायर गरेको रिटमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गरिएको छ। साथै, जेनजी आन्दोलन दमनमा प्रत्यक्ष संलग्न चार जनामाथि कानुनी कारबाहीको माग समेत गरिएको छ।
रिट निवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फौजदारी अनुसन्धानको दायरामा ल्याउन आदेश दिन माग गरिएको छ।
रिटमा भनिएको छ, “उक्त कार्य गर्न अवरोध सिर्जना गर्ने गरी नेपाल सरकार वा कुनै मन्त्रालयबाट निर्णय भएको रहेछ भने त्यसलाई सार्वजनिक गर्न लगाई सो निर्णय बदर गरी पाऊँ।”
Facebook Comment