सेयर बजार १९ अंकले घट्यो, कारोबार रकममा पनि कमी

काठमाडौं । नेपाल सेयर बजार (नेप्से) मंगलबार १९.४३ अंकले घटेर २५२८ अंकमा कायम भएको छ।

कारोबार खुलेको केही बेरपछि बजारमा वृद्धि देखिए पनि आधा घण्टामै सूचक ओरालो लागेको हो। अघिल्लो दिन ४ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ।

आज ३३ कम्पनीको मूल्य बढ्दा २१४ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो।

उप–समूहगत सूचकमा व्यापार समूह सबैभन्दा धेरै १.४८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह १.७१ प्रतिशतले घट्दै सबैभन्दा कमजोर प्रदर्शन गर्‍यो। त्यसैगरी निर्जीवन बीमा १.१०, माइक्रोफाइनान्स ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, जीवन बीमा ०.९८, लगानी १.१६, होटल तथा पर्यटन १.११, फाइनान्स १.४०, विकास बैंक १.०० र बैंकिङ समूह ०.८२ प्रतिशतले घटेका छन्।

शुभम् पावर र ग्रामीण विकास बैंकका सेयर मूल्य १० प्रतिशतले बढ्दै आजको शीर्ष वृद्धि गर्ने कम्पनी बने। त्यसैगरी क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ५.८६, विन्ध्यबासिनी हाइड्रोपावर ५.३१ र सुपरमाइ हाइड्रोपावर ४.८४ प्रतिशतले बढेका छन्।

त्यसैबीच, समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घट्दै सबैभन्दा ठूलो गिरावटमा पर्‍यो। सामुदायिक लघुवित्त ७.५४, माइखोला हाइड्रोपावर ६.७२, एसियन हाइड्रोपावर ६.१८ र भूगोल इनर्जी ५.१३ प्रतिशतले घटेका छन्।

आज सर्वाधिक कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइनस्योरेन्स, सीईडीबी होल्डिङ्स, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *