एमालेको १०औँ केन्द्रीय कमिटी बैठक बुधबार जावलाखेलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा आयोजना गरिने छ।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने समसामयिक राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनका तयारीबारे पनि विस्तृत छलफल हुने गौतमले जानकारी दिए।

एमालेको असोज १२ गते बसेको सचिवालय बैठकले १०औँ केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *