दीपिका पादुकोण बनिन् ‘मानसिक स्वास्थ्य दूत’

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण मानसिक स्वास्थ्य दूत बनेकी छन् । द लिभ लभ लाफ फाउन्डेसनकी संस्थापक समेत रहेकी दीपिकालाई भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशको पहिलो ’मानसिक स्वास्थ्य दूत’ को रूपमा नियुक्त गरेको हो ।

सरकारले दीपिकालाई मानसिक स्वास्थ्य दूत नियुक्त गरेपछि भारतमा मानसिक स्वास्थ्यको लागि अनुकूल वातावरण सिर्जना गर्ने दिशामा मन्त्रालयको एउटा महत्वपूर्ण कदम भन्दै दीपिकाका समर्थकले सरकारको तारिफ गरिएको छ ।

‘दीपिका पादुकोणसँगको यो साझेदारीले भारतमा मानसिक स्वास्थ्य समस्याहरूको बारेमा जागरूकता फैलाउन, यी विषयहरूमा सार्वजनिक छलफललाई प्रवद्र्धन गर्न र मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण भागको रूपमा उजागर गर्न मद्दत गर्नेछ,’ भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले भनेका छन् ।

दूत नियुक्त भएपछि दीपिकाले भनिन्, ‘म केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको लागि पहिलो मानसिक स्वास्थ्य राजदूत हुन पाउँदा सम्मानित महसुस गर्छु । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा, भारतले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ । म यो कामलाई अगाडि बढाउन र हाम्रो देशमा मानसिक स्वास्थ्यलाई बलियो बनाउन मन्त्रालयसँग काम गर्न तत्पर छु ।’

दूत नियुक्त भएसँगै उनले मानसिक स्वास्थ्यको बारेमा जागरूकता जगाउने र यससँग सम्बन्धित गलत धारणाहरू हटाउने, मानिसलाई मद्दत खोज्न र रोकथामका उपाय अपनाउन प्रोत्साहित गर्ने, टेलि-मानस (राज्यभरका टेलि-मानसिक स्वास्थ्य सहायता र नेटवर्किङ) र अन्य सरकारी-कार्यान्वयन गरिएका मानसिक स्वास्थ्य स्रोतहरूको प्रवद्र्धन गर्ने कार्य गर्नेछिन् ।

यसका साथै, उनले सबैलाई मानसिक स्वास्थ्य सहयोग र सुविधा सजिलै प्राप्त गर्न सकियोस् भन्ने कुरा सुनिश्चित गर्न केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयसँग सहकार्य गर्नेछिन् ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *