सरकार र जेन-जी समूहसँगको वार्ता निष्कर्षविहीन, सोमबार फेरि वार्ता

काठमाडौं । सरकार र जेन-जी समूहका प्रतिनिधिबीच शनिबार भएको वार्ता निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूसँगको छलफलपछि कुनै निष्कर्ष निकाल्न नसकेको वार्ता सोमबार फेरि बस्ने गरी स्थगित भएको छ।

वार्तामा सहभागी जेन-जी समूहका प्रतिनिधि प्रवेश दाहालले आजको छलफलमा घाइते र शहीद परिवारको राहतका विषयमा कुरा उठाएको बताए । उनले मन्त्रीमण्डल सिफारिसको आधार सोधेको पनि बताए ।

सरकारसँगको छलफलपछि मन्त्रीमण्डल गठन गर्न पछिल्लो समय चर्चामा आएका चार जना व्यक्तिको नाम पनि आधिकारिक नभएको जानकारी प्राप्त भएको यसबारे पनि कुराकानी गरेको दाहालले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *