विपद संकटग्रस्त इलामलाई आर्थिक सहयोग गर्न अपिल
इलाम । विपद् संकट क्षेत्र घोषणा गरिएको इलाममा पीडितको राहतका लागि सहयोग आह्वान गरिएको छ ।
बाढी पहिरोको विपद्ले सबैभन्दा धेरै क्षति भएको इलामलाई फेरि उठाउन नागरिकस्तरबाटै सहयोग संकलन गर्न गर्न थालिएको हो ।
जिल्ला समन्वय समिति इलामको समन्वयमा इलाम विकास समाज काठमाडौं, इलामे राष्ट्रसेवक कर्मचारी समाज काठमाडौं, इलामेली समाज कोशी प्रदेशलगायत इलामसँग सरोकार राखेर काम गर्ने संघसंस्था तथा व्यक्तिको पहलमा राहत संकलन काम सुरु भएको छ ।
अहिले ग्लोबल आईएमई बैंक काठमाडौंमा विष्णु निष्ठुरी, अर्जुन भट्टराई र ईश्वर श्रेष्ठको नाममा ०३९०७०१०९५४३१० नम्बरको संयुक्त खाता खोजी आर्थिक सहयोग गर्न सार्वजनिक आह्वान गरिएको छ ।
यो खातामा संकलित सहयोग रकम जिल्ला समन्वय समिति र जिल्ला विपद् कोषको निर्णय र समन्वयमा, नेपाल उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाइटीलगायतका संस्था समावेश भएको एक संयोजक समितिमार्फत सहयोग रकम वितरणसहित आवश्यक कार्यहरू सञ्चालन गरिने गैरसरकारी संस्था महासंघका अध्यक्षसमेत रहेका इलाम विकास समाजका सचिव अर्जुन भट्टराईले जानकारी दिए ।
सहयोग गर्ने व्यक्ति र संस्थाको नामावली इलाम र काठमाडौं दुवै स्थानमा सार्वजनिक रूपमा प्रकाशित गरिने उनले बताए । इलामको राहतका लागि सहयोग गर्न चाहनेले बैंकको खाता नम्बरमा अथवा क्यूआरकोडमा सहयोग गर्न सक्ने भट्टराईले बताए ।
Facebook Comment