एमाले सचिवालय बैठक आज, आगामी रणनीतिमाथि केन्द्रित छलफल
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार आजको बैठकमा पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने विषयमा छलफल हुनेछ ।
यससँगै आगामी असोज २७ देखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकका एजेन्डा तयारी सम्बन्धी विषय पनि आजको बैठकको मुख्य एजेन्डामा समावेश गरिएको अधिकारीले जानकारी दिए ।
यसअघि आइतबारका लागि तय गरिएको सचिवालय बैठक अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण स्थगित गरिएको थियो ।
असोज १२ गते बसेको बैठकपछि यो एमाले सचिवालयको पछिल्लो बैठक हो ।
Facebook Comment