इलामको क्षति अवलोकन गर्न मन्त्री घिसिङ र अर्याल इलाम आउँदै
इलाम । हालैको भीषण वर्षाबाट प्रभावित इलामको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन सरकारका दुई मन्त्री आज इलामतर्फ जाँदै छन् ।
मौसम अनुकूल रहेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री ओम प्रकाश अर्याल आज इलाम पुग्ने कार्यक्रम रहेको सरकारी स्रोतले जनाएको छ ।
दुवै मन्त्री काठमाडौंबाट भद्रपुरसम्म विमानमार्फत र त्यसपछि हेलिकप्टरमार्फत इलाम पुग्ने तयारीमा छन् ।
असोज १८ गतेको अविरल वर्षाले इलाममा ३७ जनाको मृत्यु भएको थियो । कैयौं घाइते र बेपत्ता छन् भने राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका संरचना क्षतविक्षत भएका छन् ।
मन्त्रीद्वयले स्थलगत अवलोकनपछि राहत, पुनर्निर्माण र पुनःस्थापनाका काममा सरकारको तत्कालीन प्राथमिकता तय गर्ने तयारी गरेका छन् ।
Facebook Comment