बागमतीका ११ र कोशीका ८ ठाउँमा सडक बन्द, यात्रु प्रभावित

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका १९ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।

कोशी प्रदेशमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्यमपहाडी लोकमार्ग र मेची राजमार्गका विभिन्न भागमा पहिरो खस्दा आवागमन ठप्प भएको छ ।

त्यस्तै बागमती प्रदेशमा पनि पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्गलगायतका सडकहरू बन्द भएका छन् ।

यससँगै नेपाल–चीन जोड्ने सीमा सडक र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडकखण्ड समेत पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीको जानकारीमा उल्लेख गरिएको छ ।

राजमार्गहरू अवरुद्ध हुँदा यात्रु र सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् भने यातायात सुचारु गर्न डोजर र सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *