बेइजिङ पुगे प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको शाङ्घाई संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै बेइजिङ पुगेका छन्। तियानजिनको कार्यक्रम सकाएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट चीनको बेइजिङ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८० औं वार्षिकोत्सव समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बेइजिङ पुगेका हुन्।
त्यहाँ प्रधानमन्त्री ओलीको चीनका उराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ। उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यसूची छ।
प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीन गएका हुन्।
तस्बिर: प्रधानमन्त्रीको सचिवालय
Facebook Comment