आज ११ असोज २०८२ शनिवारको तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी र फलफूलको थोक मूल्य दर सार्वजनिक गरेको छ ।
समितिका अनुसार, तरकारीतर्फ गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ४० रुपैयाँ, गोलभेँडा सानो (टनेल) ४८ रुपैयाँ, आलु रातो ५० रुपैयाँ, आलु रातो (भारतीय) ३४ रुपैयाँ, आलु रातो (मुडे) ४२ रुपैयाँ, प्याज सुकेको (भारतीय) ४० रुपैयाँ, गाजर (लोकल) १२० रुपैयाँ, गाजर (तराई) ९० रुपैयाँ, बन्दा (लोकल) ४५ रुपैयाँ, काउली (लोकल) ९० रुपैयाँ, रातो मूला ४५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) ४५ रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३० रुपैयाँ, तने बोडी १२० रुपैयाँ र मकै बोडी १०० रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, घिउ सिमी (लोकल/हाइब्रिड) १२० रुपैयाँ, भटमास कोसा १०० रुपैयाँ, तीतो करेला ६० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर (लोकल/तराई) ९० रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, घिरौँला ८० रुपैयाँ, झिगुनी ८० रुपैयाँ, पाकेको फर्सी ७० रुपैयाँ, हरियो फर्सी लाम्चो ५० रुपैयाँ, हरियो फर्सी डल्लो ४० रुपैयाँ, सलगम ८० रुपैयाँ र भिण्डी ९० रुपैयाँ तोकिएको छ ।
अन्य तरकारीमा पिँडालु ७० रुपैयाँ, स्कूस १५ रुपैयाँ, रायो साग ९० रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, च्याउ (कन्य) २०० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, कुरिलो ३५० रुपैयाँ, निगुरो ७० रुपैयाँ, ब्रोकाउली १६० रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, सजीवन १८० रुपैयाँ, रातो बन्दा १५० रुपैयाँ, जिरीको साग ९० रुपैयाँ, सेलरी १८० रुपैयाँ, पार्सले ६०० रुपैयाँ, पुदिना ६०० रुपैयाँ, इमली १७० रुपैयाँ, तामा १०० रुपैयाँ, तोफु १३० रुपैयाँ र गुन्द्रुक २५० रुपैयाँ कायम गरिएको छ ।
फलफूलतर्फ, स्याउ (झोले) २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, केरा (दर्जन) ११० रुपैयाँ, कागती १२० रुपैयाँ, अनार ३०० रुपैयाँ, तरबुजा (हरियो) ६० रुपैयाँ, मौसम १४० रुपैयाँ, जुनार २४० रुपैयाँ, भुइँकटहर (प्रति गोटा) १४० रुपैयाँ, नास्पाती (लोकल) ८० रुपैयाँ, नास्पाती (चाइनिज) २०० रुपैयाँ, मेवा (नेपाली) ५० रुपैयाँ, मेवा (भारतीय) ९० रुपैयाँ, अम्बा ८० रुपैयाँ, लप्सी ५० रुपैयाँ, किबी २५० रुपैयाँ, सरिफा १०० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ र अमला ७० रुपैयाँ निर्धारण गरिएको छ ।
Facebook Comment