सारजहामा नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० सिरिज आजदेखि सुरु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र पूर्व विश्व विजेता वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० सिरिजको पहिलो खेल आज (शनिबार) हुँदैछ । यूएईको दुबईस्थित सारजहा क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार साँझ ८:१५ बजे सुरु हुनेछ ।

शुक्रबार भएको पत्रकार सम्मेलनमा दुवै टिमका कप्तानहरूले सिरिज जित्ने दाबी गरेका छन् । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा यूएई पुगेको नेपाली टिमले वेस्ट इन्डिजविरुद्ध विजयी सुरुवात गर्ने लक्ष्य राखेको छ । पौडेलले भने, ‘यो सिरिज जित्न हामी यूएई आएका हौँ।’

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो र तेस्रो खेल असोज १३ र १४ गते हुने कार्यक्रम रहेको छ ।

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिम

रोहितकुमार पौडेल (कप्तान)

दीपेन्द्र सिंह ऐरी (उपकप्तान)

कुशल भुर्तेल

लोकेस बम

कुशल मल्ल

आसिफ सेख

आदील आलम

करण केसी

नन्दन यादव

सन्दीप लामिछाने

सन्दीप जोरा

आरिफ सेख

ललित नारायण राजवंशी

गुलशन झा

सोमपाल कामी

साहब आलम

नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिज टिम

अकिल होसेन (कप्तान)

फेबियन एलन

ज्वेल एन्ड्रयु

अकिम अगेस्ट

नविन बिदाइस

जेडियाह ब्लेड्स

केसी कार्टी

करिमा गोरे

जेसन होल्डर

आमिर जाङ्गु

काइल मेयर्स

ओबेड म्याककोय

जिशान मोटारा

रामोन सिमोन्ड्स

शमार स्प्रिङ्गर




Leave a Reply

Your email address will not be published. Required fields are marked *