देशभर आंशिक बदली, केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर हुँदै स्थानीय वायुको आंशिक प्रभाव मात्र रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

यस्तै, आज राति कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । साथै, कोशी प्रदेशलगायतका पहाडी भू–भागका थोरै स्थानमा राति पनि मध्यम वर्षा पर्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *