सुनसरीमा ३४० किलो गाँजा सहितको कार नियन्त्रणमा
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ मा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ। प्रहरीले ३ सय ४० किलोग्राम गाँजा लोड गरिएको कार नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट असोज १० गते राति १ बजेर ४० मिनेटमा गस्तीमा खटिएको टोलीले सडक छेउमा वेवासिसे अवस्थामा छाडिएको कार देखेर शंका गरेको थियो। चेकजाँच गर्दा उक्त कारभित्र प्लास्टिकका पोका पोका पारेर राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजा बरामदसँगै यसमा संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको छ।
Facebook Comment