पोखरामा दशैंको रौनक : मुस्ताङको च्याङ्ग्रा बजारमा आकर्षण
काठमाडौं । दशैं नजिकिँदै जाँदा पोखरा उत्सवमय बनेको छ। बजारभर चहलपहल बढेको छ भने किनमेल गर्नेहरूको भीड दिनानुदिन बाक्लिँदै गएको छ।
यससँगै मुस्ताङका विभिन्न गाउँहरूबाट व्यापारीहरूले च्याङ्ग्रा (भेडा) ल्याएर पोखराका विभिन्न स्थानमा बिक्री गर्न थालेका छन्। दशैंमा च्याङ्ग्राको मासु विशेष स्वादिष्ट मानिने भएकाले उपभोक्ताको आकर्षण समेत बढ्दो छ।
दशैंको किनमेलका लागि पोखराका स्थानीयवासी मात्र नभई आसपासका गाउँबस्तीका मानिसहरू पनि पोखरा पसेका छन्। हरिचोकदेखि यम्दी क्षेत्रसम्म बजारमा देखिएको भीडले दशैंको रौनकलाई अझै प्रष्ट पारेको छ।
Facebook Comment