मन्त्री खरेलद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काठमाडौं उपत्यकास्थित ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमन गरेका छन्।

मन्त्री खरेलले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको बग्गीखानाको अवस्था प्रत्यक्ष अवलोकन गरेका हुन्। अनुगमनका क्रममा उनले क्षतिको अवस्था र घटनाबारे विस्तृत जानकारी लिएका थिए।

उक्त आन्दोलनका कारण बग्गीखाना मात्र नभई अन्य थुप्रै प्रहरी कार्यालयहरू समेत जलेर ध्वस्त भएका थिए। हाल ती कार्यालयहरूको पुनःसंरचना र पुनःनिर्माणको काम सुरु भइसकेको मन्त्रालयले जनाएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *