रामेछापमा ४ म्याग्निच्यूडको भूकम्पको धक्का
काठमाडौं । रामेछापमा आज दिउँसो भूकम्पको हल्का धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर १४ मिनेट जाँदा रामेछापको भटौली आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो।
यसअघि असोज १ गते पूर्वी रुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङलाई केन्द्रविन्दु बनाउँदै ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो। नेपाल भूकम्पीय संवेदनशील क्षेत्रमा पर्ने भएकाले यस्ता हल्का धक्का बारम्बार आउने गरेको विज्ञहरूले जनाएका छन्।
Facebook Comment