दशैंमा विदेश हुनेको पीडा झल्कने गीत लिएर आए विवेक

काठमाडौं । नेपालीको महान चाड दशैंको अवसरमा विवके शर्माले नयाँ गीत दशैं तिहार ल्याएका छन् । दशैंको शुभकामना सन्देशसहित शर्माले नयाँ गीत ल्याएका हुन्।

गीतमा परदेशीको जीवन र कामले भनेको समयमा घर नआउँदाको पीडालाई देखाइएको छ । काम गर्दाको बाध्यता, बिदा तथा परिवारले गर्ने अपेक्षाको विषयलाई म्यूजिक भिडियोमा देखाइएको छ ।

बहिनीले दशैंमा घर आउन गरेको आग्रह बाध्यात्मक परिस्थितिले कार्यान्वयन गर्न नसकेपछिको पीडा र दाजु बहिनीको सम्बन्धलाई देखाइएको छ ।

गीतको शब्द संगीत र स्वर विवेक शर्माकै छ भने रिकेश गुरुङले संगीत एरेन्ज गरेका छन् । श्यामश्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेको गीतमा महिला पार्श्व आवाज विन्दु बीसीको छ ।

हरि हुमागाइँको निर्देशनमा बनेको भिडियोमा बद्रिप्रसाद तिवारी, सुरेश कोहली, समारिका ढकाल, गीता ढुंगानाको अभिनय छ ।

हेर्नुहोस् गीतको भिडियो




Leave a Reply

Your email address will not be published. Required fields are marked *